जुम्लाका एक बालक हराएको हप्तादिनपछि मृत भेटिएको छन्।
पातारासी गाउँपालिका–५ लासी–९ वर्षीय सुवास बोहोरा हप्ता दिनअघि हराएका थिए। उनको शव बिहीबार चन्दननाथ नगरपालिका–१ राजीकोटस्थित जवा नदीमा भेटिएको छ।
हराएका बालक खोजी कार्य गर्दा जवा नदीमा मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए। विद्यालयको पोशाक र झोला बोकेकै अवस्थामा उनको शव भेटिएको हो।
बालकको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइएको छ।
प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया