ad ad

राजनीति


सरकार लिम्पियाधुराका बारेमा प्रमाण जुटाएर अघि बढ्छः मन्त्री अर्याल

सरकार लिम्पियाधुराका बारेमा प्रमाण जुटाएर अघि बढ्छः मन्त्री अर्याल

नेपालखबर
मंसिर ११, २०७६ बुधबार १०:४८,

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुराका बारेमा प्रमाण जुटाएर सरकार अघि बढ्ने बताएकी छन्।

सिंहदरबारस्थित मन्त्रालयको सभाकक्षमा बुधबार सीमा बचाऊ अभियानका तर्फबाट ध्यानाकर्षण पत्र बुझ्दै सीमा सुरक्षाको सन्र्दभमा सरकार कटिबद्ध रहेको बताएकी हुन।

लिपुलेक र कालापानीका बारेमा आवश्यक पहल भइरहेको र लिम्पियाधुराका बारेमा प्रमाण जुटाएर अघि बढ्ने सोचमा सरकार रहेको बताइन्। प्रधानमन्त्रीले आव्हान गरेको सर्वपक्षीय बैठकमा सीमा सुरक्षाको सन्र्दभमा सबैको एकमत कायम भएको उल्लेख गर्दे उनले त्यसले सरकारलाई थप बल प्रदान गरेको बताइन्।

लिम्पियाधुराका बारेमा प्रमाण जुटाउने सवालमा सरकारलाई सहयोग गर्न पनि उनले नागरिक समाजलाई आग्रह गरिन्। समय समयमा प्रकाशित नक्साहरुमा एकरुपता नदेखिएबाट नै सीमा सुरक्षा सुगौली सन्धि देखिकै भएको स्पष्ट भएको भन्दै उनले सरकार यथेष्ट प्रमाण जुटाउने क्रममा रहेको बताएइन्।

लम्पियाधुरासम्म नेपालको सीमा कायम गर्न माग गर्दै सीमा बचाउ अभियानका अगुवाहरुले मन्त्रीलाई ज्ञापनपत्रसहित नक्सा पनि हस्तान्तरण गरेका थिए। उनीहरुले सुगौली सन्धिको आधारमा लिम्पियाधुरासम्म सीमा रहेको ऐतिहासिक तथ्य प्रमाणसहितको तत्काल नक्सासहित श्वेतपत्र जारी गर्न मन्त्रीको ध्यानाकर्षण गराए। पूर्व प्रधानन्यायाधीश सुशलिा कार्कीले सबैभन्दा पहिला सीमा अकुपाई गरेर नेपालले आफ्नो प्रभुत्व देखाउनुपर्ने बताइन्।

सीमा बचाऊ अभियान, नक्सा समितिका सदस्य सीमा विज्ञ कोमलचन्द्र बरालले सीमाविवाद समाधान गर्न सर्वपक्षीय प्रतिनिधित्व हुने गरि विज्ञहरुको टोली गठन गर्न, लिम्पियाधुरादेखि कालापानी, लिपुलेक सम्मकमा क्षेत्रमा राज्यको उपस्थिति देखिने गरी नेपालको तर्फबाट सुरक्षा चौकीहरु स्थापना गर्न माग गरे।

 सीमा बचाऊ अभियानका तर्फबाट बुद्धिजीवी तथा विज्ञहरुको समूहले मन्त्री अर्याललाई ९ बुँदे सार्वजनिक अपिल बुझाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .