ad ad

समाज


काठमाडौंबाट गाउँ फर्किने मतदाताकाे गुनासाे : सार्वजनिक यातायातमा प्रशासनले दलाली गर्‍यो

काठमाडौंबाट गाउँ फर्किने मतदाताकाे गुनासाे  : सार्वजनिक यातायातमा प्रशासनले दलाली गर्‍यो

जडीबुटीमा गाउँ फर्किन लागेका सर्वसाधारण। तस्बिर : विजय सिंह/नेपालखबर


रुपक चौलागाईं
बैशाख २९, २०७९ बिहिबार ८:१३, काठमाडौँ

स्थानीय तहको निर्वाचनका लागि काठमाडौंबाट घर फर्किन लागेका मतदाताले यातायातका साधनको सुलभता नभएको गुनासो गरेका छन्। सार्वजनिक यातायातमा सहज पहुँच उपलब्ध नगराएर प्रशासनले नै दलाली गरिरहेको आरोप सर्वसाधारणले लगाएका छन्। 

शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा भोट हाल्न जान लागेका रिसब नेपाल काठमाडौंको जटिबुटी क्षेत्रमा गाडी कुरिरहेको भेटिए। स्थानीय प्रशासनले सार्वजनिक यातायातको व्यवस्थापनमा ध्यान नदिँदा दलाली चलिरहेको भन्दै उनले आक्रोश पोखे।
चुनावमा मतदान गर्न कत्तिको उत्साहित हुनुहुन्छ? नेपालखबरको प्रश्नमा नेपालले ओक्रोशित हुँदै भने, ‘उत्साहित त हो तर यो सरकारले गाडी बन्द गरेर अलि नराम्रो काम गर्यो। दलाली भइराखेको छ यहाँ सबै गाडीहरुको। भाडा तिरेर जाऔं भन्दा गाडी पाइराखिएको छैन। नजान पनि सकिन्छ। चोर नेताहरुलाई जिताएर के चाहिँ काम छ र!’

भाडा तिरेर घर जान खोज्दा पनि सार्वजनिक यातायात नपाएपछि नेपालले प्रशासनको कमजोरीले यस्तो भएको बताए। नियमित सवारीसाधनको व्यवस्थापन गर्नुपर्नेमा सार्वजनिक यातायात सेवा ठप्प पारेर यातायात व्यवसायीले चर्को भाडा असुल्न दलाली गरिरहेको उनको आरोप छ। 

‘प्रशासन नै कमजोर छ क्या! यस्तो बेलामा त झन् प्रशासनले गाडी हाल्नुपर्ने बेलामा पूरै दलाली गरिराख्या छ क्या बढी बढी भाडा लिएर’, नेपालले भने, गाडी त यथावत् चल्नुपर्यो नि रोडमा त।’

सर्लाही जान लागेकी रञ्जना पौडेलले भने गाडीको व्यवस्था भएको र जान लागेको बताइन्। कसले व्यवस्था गर्यो भन्ने प्रश्नमा उनले आफैं व्यक्तिगत पमा मिलेर पैसा उठाएर रिजर्भ गरिएको बताइन्।

पछिल्लो समय काठमाडौंबाट विभिन्न जिल्लामा बाहिरिने क्रम बढिरहेको छ। कतिपय जिल्लामा विभिन्न पार्टीका उम्मेदवारले नै गाडी रिजर्भ गरेर मतदाता लान काठमाडौं गाडी पठाएका छन्।  

तर, यसरी गाडी रिजर्भ गर्दा सार्वजनिक यातायात भने ठप्प भएको छ, जसले गर्दा घर फर्कन चाहने सर्वसाधारण मर्कामा परेका छन्। 

हेर्नुहोस भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .