काठमाडौंको नयाँ बानेश्वरमा आइतबार बिहान गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
संघीय संसद् भवनको दक्षिणी गेटअगाडि सडकमा गाडीले ठक्कर दिँदा करिब ५५ वर्षीय पुरुषको मृत्यु भएको हो।
मृतकको नाम ठेगाना खुल्न बाँकी रहेको बानेश्वर प्रहरीले जनाएको छ।
त्यस्तै घटनालगत्तै भागेकाले गाडीको पहिचान पनि खुल्न बाँकी रहेको र त्यस गाडीको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटना आइतबार बिहान ६ बजेतिर भएको हो।

प्रतिक्रिया