आज (आइतबार) पनि देशभर मौसम बदली भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली भएको हो।
दिउँसो पहाडी भेगका एक/दुई ठाउँमा वर्षा तथा हिमाली भेगका थोरै स्थानमा हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
यसैगरी आज राति देशका मध्य र पूर्वी क्षेत्रमा मौसम सामान्य तथा पश्चिमी भेगमा आंशिक बदली हुने अनुमान मौसमविद्को छ।
साथै राति पूर्वी र मध्य पहाडी क्षेत्रका एक/दुई स्थानमा वर्षा तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
3
Shares

प्रतिक्रिया