इँटाभट्टामा जिउँदै हालिएको भनिएका त्रिलोकनारायणका बाबु श्रीनारायण सिंह कांग्रेसका पुराना कार्यकर्ता हुन्।
आलमका काका शेख इद्रिससँग राम्रो मित्रता थियो। अहिले पनि उनी इद्रिसको प्रशंसा गर्छन्। तर मोहम्मद आफताब आलमले विस्फोटमा घाइते छोरालाई इँटाभट्टमा हालेर हत्या गरेपछि र घटना लुकाउन भएको जालझेलले कांग्रेसप्रति उनको मन मर्याे।
सिंहले छोराको हत्यारालाई कारबाही गराउने दौडधूपमा १२ कठ्ठा खेत सकिसकेका छन्। आलम पक्राउपछि थुनछेक बहस चलिरहँदा पनि उनलाई चुप बसे १ करोड रुपैयाँ दिने प्रस्ताव आएको थियो।
‘जे हुनु भइगयो, पैसा लिएर चुप लागेर बस, एक करोड दिन्छौं भनेका थिए,’ उनी भन्छन्, ‘मेरो छोरा खसीबोका त थिएन जसलाई पैसामा बेचूँ, जति पैसा लिए पनि मर्दा लिएर जाने होइन।’
आलम पुर्पक्षका लागि थुनामा गए पनि मुद्दाको अन्तिम फैसला नहुँदासम्म उनी ढुक्क छैनन्। यो खबर आज आइतबार प्रकाशन हुने हिमाल साप्ताहिकले छापेको छ।
कांग्रेसका कार्यकताहरूले आगामी चुनावमा आफ्नो पार्टीको बहुमत आउने र सरकार बनाउने भन्दै पैसा लिएर सुरक्षित हुन भनेको सिंह बताउँछन्।

प्रतिक्रिया