ad ad

समाज


तीन दिन हिमाली/पहाडी भेगमा हिमपात/वर्षाको सम्भावना

तीन दिन हिमाली/पहाडी भेगमा हिमपात/वर्षाको सम्भावना

नेपालखबर
मंसिर ७, २०७६ शनिबार २:४०,

आज (शनिबार) पहाडी क्षेत्रका एक/दुई ठाउँमा वर्षा तथा हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

त्यसकारण ती क्षेत्रमा बसोबास तथा भ्रमण गर्नेहरूलाई सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भेगका केही केही स्थानमा हिमपात/वर्षाकाे सम्भावना साेमबारसम्मै छ (तल हेर्नुहोस्, तीन दिनसम्मको मौसमी अनुमान)

महाशाखाले शनिबार बिहान २४ घण्टे चेतावनी जारी गर्दै भनेको छ: पहाडी भूभागका एक वा दुई स्थानमा हल्का बर्षा र हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना रहेकाले सामान्य सतर्कता अपनाउनुहोला।

मौसविद् शान्ति कँडेलले आज देशभरि नै आंशिकदेखि सामान्यसम्म मौसम बदली हुने बताइन्। उनका अनुसार अहिले देशको पश्चिमी र मध्य भूभागमा आंशिकदेखि सामान्यसम्म र र बाँकी भूभागमा आंशिक बदली भएको छ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले नेपालमा मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज बिहान ५४५ बजे लिइएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेको मौसमविद् कँडेलले जानकारी दिइन्।

देशभर दिनप्रतिदिन चिसो बढ्ने क्रम जारी रहे पनि अहिलेसम्म त्यस्तो ह्वात्तै चिसो बढिनसकेको उनको भनाइ छ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तीन दिनसम्मको मौसमी अनुमान:

मंसिर ७ गते (शनिबार)

दिउँसो : देशको पश्चिमी भूभागमा सामान्य बदली  र अन्य भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमाली भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्ययम हिमपात हुने सक्ने देखिन्छ।

राति : देशभर  आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमाली भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात हुने सक्ने देखिन्छ। 

मंसिर ८ गते (आइतबार)

दिउँसो : देशभर  आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ।।

राति : देशका मध्य र पूर्वी भूभागमा सामान्य बदली रहि पश्चिमी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य  पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ।

मंसिर ९ गते (साेमबार)

दिउँसो : देशका मध्य र पूर्वी भूभागमा सामान्य बदली रही पश्चिमी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य  पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ। 

राति : देशभर आंशिक देखि सामान्य बदली रहनेछ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .