प्रहरीले ड्राइभरलाई कुटपिट गरी ट्याक्सी तोडफोड गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौं–१५ स्वयम्भू कारखानाचोकस्थित सडकमा बा.२.ज २९९ नम्बर र बा.१.ज.८६१० नम्बरका ट्याक्सी तोडफोड गरी चालकलाई कुटपिट गरेको आरोपमा शुक्रबार राति दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा काठमाडौं स्वयम्भू बस्ने धादिङ थाक्रे घर भएका ३९ वर्षीय नारायण तामाङ र काठमाडौं बनस्थली बस्ने नुवाकोट सूर्यगढी गाउँपालिका–५ घर भएका २५ वर्षीय श्याम कुँवर रहेको प्रहरीले जनाएको छ।
मादक पदार्थ सेवन गरेर आएका तामाङ र कुँवरले बा.२.ज. २९९ नम्बरको ट्याक्सी चालक चन्द्रागिरी नगरपालिका–१४ तिनथाना बस्ने सिन्धुलीका २८ वर्षीय कृष्ण बहादुर किङरिङ र यम्भू कारखाना चोक बस्ने २१ वर्षीय आशिष चौधरीलाई कुटपिट गरेका हुन्। कुटपिटको सूचना पाएलगत्तै गएको महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
कुटपिटबाट घाइते किङरिङको मनमोहन मेमोरियल शिक्षण अस्पताल स्वयम्भूमा र चौघरीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। तोडफोडबाट दुबै टयाक्सीको ढोका र शिशा फुटेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई हिरासतमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया