समाज


चार वर्षीया बालिका अपहरण गरेर मागे १५ लाख फिरौती, ६ जना पक्राउ

चार वर्षीया बालिका अपहरण गरेर मागे १५ लाख फिरौती, ६ जना पक्राउ

शैलेन्द्र महतो
चैत ११, २०७८ शुक्रबार २१:२६, काठमाडौँ

जनकपुरबाट अपहरित ४ वर्षीया बालिका अपहरणमुक्त भएकी छन्। अपहरणमा परेको २४ घण्टाभित्रै धनुषा प्रहरीले बालिकालाई उद्धार गर्न सफल भएको हो। 

अपहरण गरी १५ लाख रुपैयाँ परिवारजनसँग फिरौती मागेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ समेत गरेको छ। 

बिहीबार साँझ जनकपुरधाम उपमहानगरपालिका–१६ पुलचौकबाट ध्रुव मण्डलकी चार वर्षीया छोरी अचानक बेपत्ता भएकी थिइन्।

खोजविनको क्रममा शुक्रबार साँझ विदेह नगरपालिका ८ बफैयबाट बालिकाको उद्धार गर्न सफल भएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए। 

अपहरणमा संलग्न भएको आरोपमा धनुषाको कमला नगरपालिका ८ बस्ने अभिषेक दाससहित ६ जनालाई पक्राउ गरिएको रजौरेले बताए। 

उनका अनुसार अभिषेक जनकपुरमै बालिकाको परिवार डेरा लिएर बस्ने पुलचोक स्थित घरमै बस्दै आएका छन्। 

अभिषेककै योजनामा विद्यालयबाट फर्केपछि बालिकाको अपहरण भएको अनुसन्धानबाट खुलेको एसपी रजौरेको भनाइ छ। अपहरण पश्चात उनीहरुले परिवारसँग १५ लाख रुपैयाँ फिरौती मागेका थिए।

बालिकालाई अभिभावकको जिम्मा लगाइएको र पक्राउ परेकाहरूमाथि अनुसन्धान गरिरहेको एसपी रजौरेले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .