प्रहरीले सुनका गहना चोर्दाचोर्दै काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका १६ बालाजु बस्ने कृष्ण प्रसाद फुँयालको घरबाट करिब ३ लाख ८५ हजार मूल्यको सुनका गहना चोरी गरिरहेको अवस्थामा काठमाडौं बनस्थली बस्ने सिन्धुली घर भएका २३ वर्षीय कुमार भुजेल सोमबार पक्राउ परेका हुन्।
महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले भुजेललाई चोरी गरिरहेको अवस्थामा फेला पारेको थियो। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया