सोमबारको भिडन्तमा परी २४ सेनासहित ४६ जनाको मृत्यु भएको छ। १७ लडाकुको मृत्यु हुँदा २९ सेना घाइते छन्।
बीबीसीका अनुसार माली र नाइजेरियाको सिमाना नजिकै तिलाओ भन्ने क्षेत्रमा सेना र ती लडाकुहरुबीच भिडन्त भएको हो।
सेनाले सयभन्दा बढी इस्लामिक लडाकुहरु नियन्त्रणमा लिन सफल भएका छन्। उनीहरुले आक्रमण गरेपछि सेनाले जवाफी कारवाही गरेको थियो।
एकहप्ता अगाडिमात्र इस्लामिक समूहले मालीमा सेना लक्षित आक्रमण गर्दा ५४ सैनिकको ज्यान गएको थियो।

सन् २०१२ यता इस्लामिक लडाकुले मालीमा हिंसा मच्चाइरहेका छन्। उनीहरुले देशका महत्वपूर्ण शहरहरुमा आक्रमण गरिसकेका छन्।
माली सरकार उनीहरुलाई विखण्डनवादीको संज्ञा दिन्छन्।
फ्रान्सेली सेनाको सहयोगमा सरकारी सेनाले ती सशस्त्र समूहविरुद्ध आक्रमण गर्दै आएका छन्।
3
Shares

प्रतिक्रिया