समाज


विद्यार्थी अमेरिका पठाउने मुलुकमध्ये नेपाल १२ औँ स्थानमा

विद्यार्थी अमेरिका पठाउने मुलुकमध्ये नेपाल १२ औँ स्थानमा

नेपालखबर
मंसिर ३, २०७६ मंगलबार ६:३१,

स्नातक तथा स्नातकोत्तर तहको अध्ययनका लागि विद्यार्थी अमेरिका पठाउने मुलुकमध्ये नेपाल १२औँ स्थानमा रहेको काठमाडौँस्थित अमेरिकी राजदूतावासले जनाएको छ।

यी तहमा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको कुल सङ्ख्या १३ हजार २२९ रहेको इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसन र अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको शैक्षिक तथा सांस्कृतिक मामिलासम्बन्धी ब्युरोको ओपन डोओर्स रिपोर्टलाई उधृत गर्दै दूतावासले जनाएको छ। सो रिपोर्ट मंसिर २ मा सार्वजनिक भएको हो।

गत वर्षको तुलनामा नेपाली विद्यार्थीको कुल संख्याका थोरैले घटेको भएपनि स्नातक तहमा अध्ययन गर्ने र ऐच्छिक व्यावहारिक तालिम रोज्ने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको रिपोर्टमा उल्लेख छ।

प्रतिवेदनका अनुसार शैक्षिक वर्ष सन् २०१८/१९ मा १० लाख ९० हजार विदेशी विद्यार्थी अमेरिकामा भर्ना भएका छन्। यो हालसम्मकै सबैभन्दा उच्च सङ्ख्या भएको दूतावासले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad