ad ad

समाज


पूजा बोहोरा बलात्कारका दाेषीलाई साढे ११ वर्ष जेल

पूजा बोहोरा बलात्कारका दाेषीलाई साढे ११ वर्ष जेल

नेपालखबर
मंसिर २, २०७६ सोमबार १३:११,

बैतडीकी किशोरी पूजा बोहोरामाथि भएको बलात्कार काण्डमा सर्वोच्च अदालतले दुई जनालाई दोषी ठहर गरी सजाय सुनाएको छ। आरोपीद्वय सागर भट्ट र अमरराज अवस्थीलाई न्यायाधीश सपना मल्ल र हरि फुयाँलको संयुक्त इजलासले सोमबार साढे ११ वर्ष कैद तथा १० लाख रुपैयाँ क्षतिपुर्ति दिन आदेश दिएको हो।

तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्टाउँदै सर्वोच्चले कात्तिक ७ गते उनीहरुलाई दोषी ठहर गरेको थियो।

बैतडीका जिल्ला न्यायाधीश हिमालयराज पाठकको इजलासले यो मुद्दामा २०६९ फागुन २२ गते भट्ट र अवस्थीलाई १३ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो। तर २०७१ वैशाख १५ गते पुनरावेदन अदालतका न्यायाधीश नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले जिल्लाको फैसला उल्ट्याउँदै दुबै अभियुक्तलाई सफाइ दिएको थियो।

पुनरावेदनको फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले २०७१ मंसिर २१ गते सर्वोच्चमा मुद्दा दायर गरेको थियो।

२०६८ चैत ९ गते एसएलसी परीक्षाको तयारीका लागि गेसपेपर किन्न बैतडीमा फोटो स्टुडियोमा गएकी पूजा बोहरा त्यसै स्टुडियोको सञ्चालक सागर भट्ट र उनका साथी अमरराज अवस्थीको सामूहिक बलात्कारको शिकार भएकी थिइन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .