ad ad

समाज


जनकपुर साहित्य महोत्सव बिहीबारदेखि

जनकपुर साहित्य महोत्सव बिहीबारदेखि

शैलेन्द्र महतो
फागुन १८, २०७८ बुधबार १९:३१, काठमाडौँ

जनकपुर साहित्य महोत्सवको तेस्रो संस्करण भोलि (बिहीबार) बाट हुने भएको छ।  

नव मिथिला फाउण्डेशनको आयोजन र नबिल बैंकको सहयोगमा फागुन १९ गतेदेखि २१ सम्म जनकपुर साहित्य महोत्सव हुन लागेको हो।

जनकपुरमा २०७६ सालदेखि सुरु भएको यो महोत्सव यस क्षेत्रका लागि निकै महत्वपूर्ण रहेको आयोजकले बुधबार जनकपुरमा पत्रकार सम्मेलन गरि जनाएको छ।

आयोजक नव मिथिला फाउन्डेसनका अनुसार, यस वर्षको महोत्सवमा साहित्य, संगीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीति सम्बन्धी १२ वटा अलग अलग ओपन–एयर प्यानल छलफल हुनेछ। 

यसपटक  महिलाको सहभागिता ५० प्रतिशत पुग्ने आयोजकको भनाइ छ। पहिलो महोत्सवमा महिला सहभागिता २० प्रतिशत थियो भने दोस्रोमा ३८ प्रतिशत रहेको थियो। 

जनकपुर साहित्य महोत्सवमा विद्यार्थी, राजनीतिज्ञ, कलाकार, संगीतकार, लेखकलगायतको सहभागिता रहनेछ। महोत्सवमा नेपालभरिका साहित्यप्रेमीहरुको सहभागिता रहने आयोजकले  जनाएको छ।

साहित्य महोत्सवको उद्घाटन सत्र भोलि दिउँसो २ बजे जानकीमन्दिर परिसरमा हुनेछ। महोत्सवको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गर्ने छन् भने कार्यक्रममा नेपाल पर्यटन बोर्डका सीईओ, उद्योगपति विनोद चौधरी, मधेश प्रदेशका मन्त्री लगायतको सहभागिता रहने आयोजकले जनाएको छ।

पहिलो दिन भोली नै खगेन्द्र संग्रौलाको ‘मधेश साहित्य र म’ भन्ने विषयमा वाचनको कार्यक्रम रहेको छ।

त्यस्तै फागुन २० र २१ गते पनि जानकी मन्दिर परिसरमै दिउँसो २ बजे देखि कार्यक्रम सञ्चालन हुनेछ। महोत्सवले साहित्य, कला, समाज र राजनीतिबीचको अन्तरसम्बन्धको खोजी गर्ने जनाइएको छ। स्थानीय कलाकार सँगै नेपालको चर्चित कुटुम्ब ब्यान्ड समेतले मैथिली भाषामा आफ्नो प्रस्तुति दिने छन्। 

महोत्सवमा ‘समाजमा विभेद’, ‘मधेशमा उद्यमी र मधेशको उद्याेग’, ‘शिक्षाको संस्कार’, ‘स्थानीय विकास’, ‘महिला र राजनीति’, ‘कसको लोकतन्त्र, कस्तो लोकतन्त्र’, ‘मधेश एक अवसर’, ‘परिवर्तनको सिद्धान्त’, ‘मधेशमा साहित्य लेखन’ जस्ता अन्य विषयमा सत्रहरु सञ्चालन हुनेछ। फरक फरक शीर्षकमा सरिता गिरी, गगन थापा, सिके लाल, हरि शर्मा, विनोद चौधरी जस्ता वक्ताहरु पनि सहभागि रहने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .