ad ad

समाज


बानेश्वरमा मोटरसाइकल पल्टियो, एकको मृत्यु, एक घाइते

बानेश्वरमा मोटरसाइकल पल्टियो, एकको मृत्यु, एक घाइते

नेपालखबर
कात्तिक ३०, २०७६ शनिबार १२:४,

काठमाडौँ महानगरपालिका– ३१ नयाँ बानेश्वरस्थित सडकमा बा९१प १७६६ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक बाजुरा दहकोट घर भएका ३२ वर्षीय गोकुलबहादुर रोकायाको नागरिक अस्पताल मिनभवनमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार उदयपुरका १९ वर्षीय प्रदीप मगरको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .