ad ad

खेल


बीपीएल: मेहबुब आलम सिंह-११ को मार्की प्लेयर

बीपीएल: मेहबुब आलम सिंह-११ को मार्की प्लेयर

नेपालखबर
कात्तिक ३०, २०७६ शनिबार १२:१४,

आगामी मंसिर अन्त्यबाट वीरगञ्जमा सुरु हुने वीरगञ्ज प्रिमियर लिग(बीपीएल) टि–२० क्रिकेट प्रतियोगिताको शनिबार खेलाडी बोलकबोल(अक्सन) सम्पन्न भएको छ।

आयोजक वीरगञ्ज यूनाइटेड क्लबले शनिबार वीरगञ्जमा खेलाडी अक्सन सम्पन्न गरेको हो। ६ टिमले १४ जना खेलाडी खरिदका लागि अधिकतम १ लाख रुपैयाँसम्म खर्च गरेका थिए।

अक्सनमा आइकोनिक खेलाडीलाई २० हजार, ए श्रेणीको खेलाडीलाई १२ हजार बी श्रेणीको खेलाडीलाई साढे ७ हजार र सी श्रेणीको खेलाडीलाई ५ हजारसम्म बोली लगाइएको प्रतियोगिता संयोजक प्रफुल्ल सागर प्रधानले बताए।

नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष रोशन सिंहको प्रमुख आथित्वमा अक्सन सम्पन्न भएको थियो। प्रतियोगितको टोली सिंह–११ लाइन्सको मार्की खेलाडीमा मेहबुब आलम, डिसिसी स्टारमा अविनाश कर्ण, वीरगञ्ज स्टारमा हासिम अन्सारी, ड्रागन शाही दरबारमा अनिलकुमार साह, रौतहट राइनोजमा जितेन्द्र मुखिया र केइआइसी वीरगञ्जमा सुरज पटेल रहेका छन्।

यो प्रदेश २ कै सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता प्रतियोगिता रहेको क्यानका कोषाध्यक्ष सिंहले बताए। प्रतियोगिताको विजेताले साढे २ लाख, उपविजेताले १ लाख ८० हजार पुरस्कार पाउनेछन।

यस्तै म्यान अफ द सिरिज, म्यान अफ द म्याच, वेष्ट बलर तथा प्रत्येक खेलको म्यान अफ द म्याचले पाउने पुरस्कार गरि जम्मा पुरस्कार रकम साढे पाँच लाखको रहेको उनले बताए।

प्रतियोगिताको लागत साढे १६ लाख रहेको र सबैको सहयोगले प्रतियोगिता आयोजनाको हिम्मत गरेको प्रतियोगिता संयोजक प्रफुल्ल सागर प्रधानले बताए। प्रतियोगिता वीरगञ्जस्थित नारायणी रंगशालामा हुनेछ।

टि–२० प्रतियोगिता राउण्ड रोबिनको आधारमा हुनेछ। सबै टिमले एकअर्कासँग फाइनल खेलिसकेपछि अंक तालिकाको शीर्षमा रहने टोलीमा फाइनल पुग्नेछ। यस्तै दोस्रो र तेस्रो हुने टोलीले इलिमिनेटर खेल्नेछन्। उक्त इलिमिनेटरको विजेता टोली फाइनलमा पुग्ने अर्को टोली हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .