समाज


कोहलपुरबाट हराएका चार बालकको उद्धार

कोहलपुरबाट हराएका चार बालकको उद्धार

नेपालखबर
कात्तिक २७, २०७६ बुधबार १५:५५,

एक सातादेखि घरबाट हराएका चारजना बालकको बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरले आज उद्धार गरेको छ। गत कात्तिक २० गतेदेखि कोहलपुर नगरपालिकाबाट हराएका १२ वर्षीय प्रकाश बिक, ११ वर्षीय दीपक तिरुवा, १३ वर्षीय श्याम बिक र बिक्की विकलाई फेला पारी आजै घरपरिवारलाई बुझाएको कोहलपुर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।

चारैजना बालक हराएपछि उनका परिवारले निवेदन दिने बित्तिकै प्रहरीले खोजी अभियान थालेको थियो। खोजीकै क्रममा उनीहरुलाई भारततर्फ जाँदै गर्दा नेपालगन्ञ्ज—१३ चौलिकामा फेला पारिएको शाहीले बताए। केही दिनअघि पनि नेपालगञ्ज–२० बाट हराएका चारजना बालकलाई बर्दियाको जमुनीमा फेला पारी कोहलपुर प्रहरीले उनका आफन्तहरुलाई बुझाएको थियो।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .