ad ad

समाज


सिन्धुलीमा जंगली हात्तीले ९५ घर भत्कायो

सिन्धुलीमा जंगली हात्तीले ९५ घर भत्कायो

नेपालखबर
माघ १५, २०७८ शनिबार ९:३३, काठमाडौँ

जंगली हात्तीले सिन्धुलीमा डेढ महिनाको अवधिमा ९५ वटा घर भत्काएको छ। दुधौली र कमलामाई नगरपालिकाका विभिन्न वडामा गरी हात्तीले ९५ वटा घर भत्काएको हो।

दुधौलीमा ६५ र कमलामाई नगरपालिकाको रानीबासमा ३३ वटा घर हात्तीले भत्काएको स्थानीय प्रशासनले जनाएको छ।

हात्ती आतंक बढेपछि स्थानीयबासी रातभर जाग्राम बस्न बाध्य भएका दुधौली नगरपालिका २ का वडाध्यक्ष रितेस राउतले बताए। रात पर्नासाथ गाउँ प्रवेश गर्ने जंगली हात्तीको समूहले मानिसको घर भत्काउनुका साथै अन्नपात, खाद्यान्न बाली र फलफूल नष्ट गर्न थालेपछि स्थानीय चिन्तित भएका दुधौली नगरपालिकाका प्रवक्तासमेत रहेका राउतले बताए।

हात्तीले घर भत्काएका पीडित परिवारलाई नेपाल रेडक्रस सोसाईटीले त्रिपाललगायतका सामग्री सहयोग गरेको छ। डिभिजन वन कार्यालय सिन्धुलीले कोसीटापु राष्ट्रि निकुञ्जबाट पर्सा राष्ट्रिय निकुञ्जमा बसाइँ गर्ने क्रममा ती हात्ती दुधौली र कमलामाई क्षेत्रमा देखापरेको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .