ad ad

समाज


पथलैया जंगलमा तीव्र गतिको मोटरसाइकल पल्टिँदा ३७ वर्षीय युवकको मृत्यु, अर्का घाइते

पथलैया जंगलमा तीव्र गतिको मोटरसाइकल पल्टिँदा ३७ वर्षीय युवकको मृत्यु, अर्का घाइते

नेपालखबर
भदौ ३१, २०८१ सोमबार १०:४०, बारा

बाराको पथलैया जंगलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। 

गएराति निजगढ–८ पूर्व–पश्चिम राजमार्गस्थित तामागढी गेट नजिक बा ६३ प ७३३० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा सर्लाहीको धनकौल गाउँपालिका २ घर भएका ३७ को दिनेश साहको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ४६ को किशोरी साह गम्भीर घाइते भएका छन्। उनको बयोधा अस्पताल वीरगन्ज उपचार भइरहेको प्रहरीले जनाएको छ।

निजगढबाट पथलैया तर्फ जाँदै गरेको मोटरसाइकल तीव्र गतिको कारण दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ। मृतक साह मोटरसाइकल चालक हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .