ad ad

समाज


काठमाडौँका नदीनालामा ठूलो बाढी, विष्णुमतीमा पुरुष बेपत्ता, धोबीखोलाले ट्याक्सी बगायो

काठमाडौँका नदीनालामा ठूलो बाढी, विष्णुमतीमा पुरुष बेपत्ता, धोबीखोलाले ट्याक्सी बगायो

नेपालखबर
भदौ ३०, २०८१ आइतबार २३:३०, काठमाडौँ

काठमाडौंमा आइतबार साँझ भारी वर्षाका कारण उपत्यकाका नदीनालाहरूमा एकाएक पानीको सतह बढ्यो। बागमती, विष्णुमती र धोबीखोलाका दायाँबायाँका सडकसम्मै बाढी पुग्यो।

यसैबीच विष्णुमती नदीमा खसेर एक पुरुष बेपत्ता भएका छन्। राति पौने ९ बजे टोखा नगरपालिका-८, रमणबस्तीस्थित विष्णुमती पुलबाट चिप्लिएर लमजुङका ४२ वर्षीय रामचन्द्र खड्का बेपत्ता भएका हुन्। पुलबाट चिप्लिएर खसेपछि बेपत्ता भएको प्रहरीले जनाएको छ।

आजै साँझ अनामनगरस्थित धोबीखोलामा ट्याक्सी खसेको छ। मदन भण्डारी कलेजअगाडिको पुलबाट एउटा ट्याक्सी धोबीखोलामा खसेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार ट्याक्सी चालकको उद्धार गरिएको छ। चालक चितवन, कालिका नगरपालिका–७ घर भएका ३३ वर्षीय उर्गेन लामा रहेका छन्। उनी बिजुलीबजार हुँदै एकान्तकुना जाँदै थिए।

बाढीले ट्याक्सी बगाएर बुद्धनगर पुर्‍याएको छ।

प्रहरीले नदी तथा खोलामा ठूलो बाढी आएकाले किनाराका बासिन्दालाई  सावधान रहन अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .