ad ad

समाज


मधेस प्रदेशमा आज सार्वजनिक बिदा

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

फाइल तस्बिर


नेपालखबर
भदौ ३१, २०८१ सोमबार १०:५६, जनकपुरधाम

मधेस प्रदेश सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को अवसरमा आज सार्वजनिक बिदा दिएको छ।

गृह, संचार तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै आज पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा सार्वजनिक बिदा दिइएको जनाएको छ।

मधेश मन्त्रिपरिषद्को २०८० साल चैत ११ गतेको बैठकले पैगम्बर मोहम्मदको जन्मदिनमा बिदा दिने निर्णय गरेको थियो।

संघीय सरकारले भने आज मुस्लिम धर्मावलम्बीलाई मात्रै बिदा दिएको छ।

गृह मन्त्रालयले सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती सोमबार भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ । 

‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .