ad ad

समाज


फरक क्षमता भएका यात्रु चढ्न र ओराल्न पुरानो बसपार्कमा विशेष ठाउँको व्यवस्था

फरक क्षमता भएका यात्रु चढ्न र ओराल्न पुरानो बसपार्कमा विशेष ठाउँको व्यवस्था

नेपालखबर
माघ १०, २०७८ सोमबार ११:४६, काठमाडौँ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले फरक क्षमता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारी साधनहरूमा सहज पहुँच र सुविधाका लागि चढ्ने र ओराल्नको लागि पुरानो बसपार्कमा ठाउँको व्यवस्था गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बरिष्ठ उपरीक्षक उमेश राज जोशीको निर्देशनअनुसार सो व्यवस्था आजदेखि सुरू गरिएको हो। 

महाशाखाले उक्त पुरानो बसपार्कमा ‘फरक क्षमता भएका व्यक्तिहरूलाई मात्र चढाउने र ओराल्ने ठाउँ’ लेखिएको बोर्ड पनि राखेको छ। 

‘फरक क्षमता भएकाहरूको जीवन सहज बनाउन अझै यस्ता सवारी र अपांगतामैत्री व्यवस्था थप्दै जानेछौँ’, एसएसपी जोशीले भने।  

ट्राफिक महाशाखाले सार्वजनिक सवारी साधनका चालक सह(चालक तथा यात्रुवर्गहरुलाई तोकिएको स्थानबाट मात्रै पिक एण्ड ड्रप गर्न पनि अनुरोध गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .