ad ad

कारोबार


ज्योति लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी खल्तीबाट गरे हजार रुपैयाँसम्म ‘क्यासब्याक’

ज्योति लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी खल्तीबाट गरे हजार रुपैयाँसम्म ‘क्यासब्याक’

नेपालखबर
माघ १०, २०७८ सोमबार ११:३९, काठमाडौँ

‘खल्ती’ डिजिटल वालेटले ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा प्रिमियम ‘खल्ती’बाट तिर्दा प्रयोगकर्ताहरुले एक हजार रुपैयाँसम्मको क्यासब्याक पाइने अफर ल्याएको छ।  

साथै ५००० सम्मको खल्ती पोइन्ट्स र पहिलो भुक्तानीमा प्रोमोकोड इन्स्योर१०० प्रयोग गरी सय रुपैयाँको क्यासब्याक पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ। 

कोरोनाभाइरस महामारीको समयमा डिजिटल भुक्तानीले अर्थ व्यवस्थालाई सहज बनाएको र प्रयोगकर्ताहरुलाई भाइरसको सम्पर्कबाट बच्न मद्दत गरेको छ। तसर्थ, लामो लाइनमा नबसी सुरक्षित रूपमा भुक्तानी गर्न सहज गर्ने डिजिटल भुक्तानी सेवा प्रोत्साहित गर्न यो अफर सुरु गरिएको हो।

यस सुविधा बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘प्रविधि र विकासको परिवर्तनसँगै, डिजिटाइजेसनको आवश्यकता द्रुत रूपमा बढिरहेको छ। धेरै बीमा ग्राहकहरूले डिजिटल प्लेटफर्म मार्फत आफ्नो प्रिमियम तिर्न रुचाउँछन्। डिजिटल कारोबारलाई अझ प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो अफर ल्याईएको हो।’

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क ‘खल्ती’बाट यस प्रकार तिर्न सकिन्छः

  • ‘खल्ती’ एप लग–इन गरी ‘इन्स्योरेन्स’ आइकन मा ट्याप गर्ने 
  • ‘ज्योति लाइफ इन्स्योरेन्स’ सेलेक्ट गर्ने 
  • ‘डीओबी’ र ‘पोलिसी नम्बर’ भर्नुहोस् र विवरणहरू प्राप्त गर्न ट्याप गर्नुहोस्
  • अब सम्पूर्ण विवरण दाखिला गरी ‘प्रोसिड टु पे’मा क्लिक गर्ने 

५ हजार रुपैयाँमाथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ‘खल्ती’ केवाईसी  भने अनिवार्य रुपमा भेरिफाई गराएको हुनुपर्नेछ। 

खल्ती खाता नभएको खण्डमा साइन अप गरि  वा नेपालभरि फैलिएको खल्तीको कुनै पनि खल्ती सेवा केन्द्रबाट पनि भुक्तानी गर्न सकिने कम्पनीको भनाइ छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .