ad ad

समाज


पहिरोले बन्द नारायणगढ–मुग्लिन सडक खुल्यो

पहिरोले बन्द नारायणगढ–मुग्लिन सडक खुल्यो

फाइल तस्बिर


नेपालखबर
माघ ७, २०७८ शुक्रबार ११:५९, चितवन

पहिराका कारण बन्द नारायणगढ–मुग्लिन सडकखण्ड शुक्रबार बिहान ११ बजेदेखि खुलेको छ। चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलास्थित सडकमा बिहान २ः३० बजे सुक्खा पहिरो खस्दा यसअघि यातायात अवरुद्ध भएको थियो।

नारायणगढ – मुग्लिनसडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यका अनुसार तीनवटा एक्साभेटर र एउटा लोडरले पहिरो पन्छाइएको हो। 

सडकको ३० मिटर भाग पहिराले ढाकेको उनले जानकारी दिए। झण्डै ३० मिटर सडक माथिबाट पहिरो खसेको उनले बताए। सडकको पहिरो पन्छाएपछि सवारीसाधन चल्न थालेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .