ad ad

समाज


पत्रकार विश्वकर्माको उपचारमा लापरवाही गर्ने अस्पताललाई कारबाही गर्न माग

पत्रकार विश्वकर्माको उपचारमा लापरवाही गर्ने अस्पताललाई कारबाही गर्न माग

नेपालखबर
माघ ७, २०७८ शुक्रबार ८:४७, काठमाडौँ

पत्रकारसँग सम्बन्धित विभिन्न संघसंगठनले बिहीबार मृत्यु भएका पत्रकार एलबी विश्वकर्माको उपचारमा लापरवाही गर्ने अस्पताललाई कारबाही गर्नुपर्ने माग गरेका छन्।

श्रमजीवी पत्रकार संघ नेपालले नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा उपचारका लागि पुर्याइएका पत्रकार विश्वकर्मालाई कोरोना परीक्षणबिना उपचार नहुने भनेर लापरवाही गर्दा मृत्यु भएको भन्दै सिभिल अस्पताललाई कारबाही गर्न माग गरेको छ।


संघले विज्ञप्ति जारी गरी घटनाका दोषीउपर छानविनसहित कडा कारबाही गर्नुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न अनुरोधसमेत गरेको छ।

टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको स्वास्थ्यमा अचानक समस्या देखिएपछि बुधबार राति ललितपुरस्थित पाटन अस्पताल पुर्याइएपछि उपचारकै क्रममा बिहीबार बिहान ३ः०० बजे निधन भएको थियो । २६ वर्षीय स्व विश्वकर्माका श्रीमती र तीन वर्षीय एक छोरा छन्। 

अछामको रामारोशन निवासी विश्वकर्मा पछिल्लो समय काठमाडौँमा रही पत्रकारितामा सक्रिय थिए। उनले इमेज टेलिभिजन, जनता टेलिभिजन, इकागज डटकमलगायतमा काम गरेका थिए।

त्यसैगरी राष्ट्रिय दलित पत्रकार संघ नेपालले पत्रकार विश्वकर्माले सहज उपचार नपाउँदा निधन भएको जनाउँदै सो विषयमा तत्काल छानबिन गरी उपचारमा लापरवाही गर्ने अस्पताललाई कारबाही गर्नुपर्ने माग गरेको छ। 

समाजवादी प्रेस सङ्गठन नेपालले पनि विज्ञप्ति जारी गरी पत्रकार विश्वकर्माको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, ऊर्जाशील पत्रकार र समाजवादी प्रेस सङ्गठनले एक कर्मठ संस्थापक सदस्य गुमाएको जनाएको छ। 

नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेश समितिले पनि पत्रकार विश्वकर्माको निधनप्रति दुःख व्यक्त गरेको छ । मृतक विश्वकर्माको बिहीबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .