धनुषामा एकजना युवतीको विभत्स हत्या गरिएको छ।
धनुषाधाम नगरपालिका-६ मालटोलस्थित पूर्व-पश्चिम लोकमार्गदेखि २ किलोमिटर दक्षिणतर्फ रहेको पदम थापाको आँपको बगैँचामा करिब २५ वर्षीया युवतीको हत्या भएको हो।
टाउको फुटेको र रगतले लतपतिएको अवस्थामा युवतीको शव बुधबार साँझ आँपको बगैँचामा फेला परेको इलाका प्रहरी कार्यालय यज्ञभूमिले जनाएको छ। युवतीको परिचय खुल्न सकेको छैन।
कालो वर्णकी ती युवतीले रातो रंगको सुइटर र निलो रंगको कुर्ता सुरुवाल लगाएकी छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
ती युवतीको बलात्कार गरेर हत्या गरेको हुन सक्ने आशंका पनि प्रहरीले गरेको छ। तर यसको विस्तृत विवरण खुलिसकेको छैन।
2.9k
Shares
प्रतिक्रिया