पूर्वी चितवनको भण्डारामा टिपरबाट खस्दा सोमबार साँझ सहचालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा बर्दिया गोरुवा गाउँपालिका- ५ बस्ने २० वर्षीय तीर्थबहादुर थारू रहेका प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एकनारायण कोइरालका अनुसार राप्ती नगरपालिका–५ भण्डाराको भित्री सडकमा ना ३ ख ३७७८ नम्बरको टिपरको ढोकाबाट खस्दा गम्भीर घाइते भएका थारूको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो।
दुर्घटनापछि टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
3
Shares

प्रतिक्रिया