समाज


अश्लिल भिडियो खिचेर ब्ल्याकमेल गर्न खोजेपछि.....

अश्लिल भिडियो खिचेर ब्ल्याकमेल गर्न खोजेपछि.....

नेपालखबर
कात्तिक २५, २०७६ सोमबार १२:२९,

दाङमा तीन जना युवाले एक ब्यक्तिलाई अपहरण गरी अश्लिल भिडियो खिचेर ब्ल्याकमेलिङको प्रयास गरेका छन्। तुलसीपुर उपमहानगरपलिका–३ खमारीस्थित जंगलमा घुम्न गएका ब्यक्तिको अश्लिल भिडियो खिचेर व्ल्याकमेलिङको प्रयास गरिएको प्रहरीले जनाएको छ।

सो कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपलिका-३ खमारी बस्ने १९ वर्षीय बिमल वली, २६ वर्षीय दुज बहादुर खत्री र २१ वर्षीय नविन नेपाली रहेका छन्।

नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि प्रहरीले २ राउण्ड हवाई फायर गरी उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .