प्रहरीले बाराको फेटा र विश्रामपुर गाउँपालिकाका विभिन्न वडाबाट विद्युत् चोरी गर्ने ३० जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बारा तथा नेपाल बिद्युत प्राधिकरण कलैया वितरण केन्द्रको संयुक्त टोलीले फेटा गाउँपालिका वडा नं. ३ र ४ तथा विश्रामपुर गाउँपालिका वडा नं. १ र २ बतरा, बरैनिया समेतका गाँउमा छापा मारी उनीहरुलाई नियन्त्रणमा लिएको हो।
अवैध रुपमा विद्युत चुहावट गर्ने कार्यमा संलग्न व्यक्तिहरुमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया