नेपाली सेनाको समरी जनरल सैनिक अदालतले तालिम सकिएपछि भागेका प्राविधिक सेनानी रामचन्द्र तिवारीलाई ६ महिना जेल सजाय सुनाएको छ।
तिवारी २०७३ चैतमा ‘पोस्ट डक्टरल’ अध्ययनका लागि बेतलबी विदामा जापान गएका थिए। दुई वर्षपछि २०७५ चैतमा हाजिर हुनुपर्ने उनी नफर्केकाले ‘भगौडा र अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको’ भन्दै सैनिक अदालतले उनलाई जेल सजाय तोकेको हो।
तिवारीले विभागीय स्वीकृति नलिई थापाथली इञ्जिनियरिङ क्याम्पसमा प्राध्यापक पदको नियुक्ति लिएको पनि सेनाले जनाएको छ।
उनलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिनेगरी सेवाबाट हटाउने निर्णय भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया