समाज


पेस्तोल र विस्फोटक पदार्थसहित बाजुराबाट १६ जना पक्राउ

पेस्तोल र विस्फोटक पदार्थसहित बाजुराबाट १६ जना पक्राउ

नेपालखबर
कात्तिक २४, २०७६ आइतबार ७:३८,

प्रहरीले पेस्तोल र विस्फोटकपदार्थसहित १६ जनालाई पक्राउ गरेको छ। बाजुराको गौमूल गाउँपालिका ३, माझापालीबाट रोल्पा गंगादेव गाउँपालिका ३ जिनावाङका ५२ वर्षीय चूडामणि ओलीलगायत १६ जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको हो।

उनीहरुको साथबाट एउटा पेस्तोल, तीन राउन्ड गोली, फलामको खाली सकेट एक थान, २२ सय ग्राम बारुद, एउटा प्रेसरकुकर बम, इलेक्ट्रोनिक कमर्सियल डेटोनेटर आठ थान, बिजुलीको तार, मैनबत्ती, पिलास, टेप र कैँची तथा सैन्य तालिमसम्बन्धी कागजात बरामद गरेको छ। यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, बाराबाट प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १ पथलैयाबाट एक हजार दरको एक थान र पाँच सय दरको एक थान नक्कली नोटसहित चितवन रत्ननगरका गोकर्ण खतिवडालाई शनिबार पक्राउ गरेको हो। उनले पथलैयाको एउटा पेट्रोलपम्पमा ना६ख३३५२ नम्बरको ट्रकमा तेल हालेर पैसा दिने क्रममा नक्कली नोट दिएका थिए। लगत्तै उनी पक्राउ परेका हुन्।

त्यस्तै सोही दिन बारा पचरौता नगर ५, बेल्दारीबाट भारतीय नागरिक सुनिल कुमार यादव र सोही ठाउँ बस्ने राजाबाबु कुमार १ हजार दरको नक्कली नोट एक थानसहित पक्राउ परेका छन्। उनीहरुले पनि सोही ठाउँमा बाइकमा तेल हालेपछि नक्कली पैसा दिएका थिए। तत्कालै उनीहरुलाई मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको हो।

नगद लुटपाट
यसैबीच, कञ्चनपुरको लालझाडी गाउँपालिका ६ ढक्काको जंगलबाट भारतीय नागरिक सोनु गुप्ता र सोही ठाउँ बस्ने २६ वर्षीय मनिष मारियाको ३१ हजार रुपैयाँ, दुईवटा मोबाइल र यूपी३१बीए ५४६६ नम्बरको मोटरसाइकल लुटपाट भएको छ। छ जना अपरिचित समूहले कञ्चनपुर कलुवापुरबाट बेलौरीतर्फ जाँदै गरेका उनीहरुलाई लुटपाट गरेको प्रहरीले बताएको छ।

यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad