घाँटी रेटेर हत्या गरिएका कैलालीको जानकी गाउँपालिका–९ अमरावतीका २५ वर्षीय अर्जुन दासको शव पोष्टमार्टमका लागि उठाइएको छ।
घटनास्थल अमरावती सामुदायिक वनबाट शव उठाएर पोष्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेद जोशीले जानकारी दिए। उनका अनुसार पोष्टमार्टम रिपोर्टले पनि अनुसन्धानलाई सघाउने छ।
शव भेटिएको दुई दिन करिब ४८ घण्टा पछि दासको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको हो। शनिबार बेलुका जानकी गाउँपालिका–९ अमरावतीका दासको घाँटी रेटेर शरीर रुखमा बाँधिएको अवस्थामा शव भेटिएको थियो।
प्रहरीले आइतबार पोष्टमार्टमका लागि शव अस्पताल लैजाने तयारी गरे पनि स्थानीयले हत्यारा नियन्त्रणमा नआउन्जेल शव उठाउन नदिने अडान लिएका थिए। दासका परिवारले हत्यारालाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरेका छन्।
Shares

प्रतिक्रिया