कारोबार


न्यू होलण्डका उपकरण खरिदमा ज्योति बैंकको कर्जा सुविधा

न्यू होलण्डका उपकरण खरिदमा ज्योति बैंकको कर्जा सुविधा

नेपालखबर
कात्तिक १९, २०७६ मंगलबार ९:३६,

ज्योति विकास बैंक र राशी अटोमोबाइल्सबीच मंगलबार एक सम्झौता भएको छ। सम्झौता अन्तर्गत राशी अटोमोबाइल्सको सिफारिस प्राप्त ग्राहकहरुले न्यू होलण्ड ब्राण्डका निर्माण उपकरणको लागि ज्योति विकास बैंकमार्फत सहज रुपमा कर्जा प्राप्त गर्नेछन्। 

सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा राशी अटोमोबाइल्सको तर्फबाट राशी अटोमोबाइल्सका अध्यक्ष अर्जुन रानाभाटले हस्ताक्षर गरेका थिए।
यस सम्झौता पश्चात ज्योति विकास बैंकबाट न्यू होलण्ड ब्राण्डका निर्माण उपकरणहरु ग्राहकवर्गहरुलाई सजिलै प्राप्त हुनेछ। बैंकको देशभरि फैलिएका १०२ वटै शाखाबाट उक्त कर्जा सेवाको लाभ लिन सकिनेछ।
निर्माण क्षेत्रमा न्यू होलण्डका निर्माण उपकरणहरुले गुणस्तरिय प्रदर्शन र उत्कृष्ट सेवामार्फत नेपाली मन जित्न सफल भएको छ। सम्झौता पश्चात ज्योति विकास बैंकको कर्जा सेवाले ग्राहकहरुलाई थप सहज हुनेछ। राशी अटोमोबाइल्सले देशभर फैलिएको आफ्नो सञ्जालबाट सेवाग्राहिहरुलाई विक्रि पश्चातको सेवा दिंदै आएको छ।

हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा सञ्चालनमा ल्याउने प्रक्रियामा रहेको छ। साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत एटीएम मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ। हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढी खाताबाट रु ३० अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई रु २६ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad