ad ad

समाज


किन आए जनकपुरका २५ जनप्रतिनिधि काठमाडौं? (भिडिओ)

किन आए जनकपुरका २५ जनप्रतिनिधि काठमाडौं? (भिडिओ)

यज्ञराज जोशी
मंसिर १२, २०७८ आइतबार १८:५५, काठमाडौँ

जनकपुर उपमहानगरपालिकाको फोहोर मैला व्यवस्थापनमा नगरप्रमुखले उदासिनता देखाएको भन्दै २५ जना जनप्रतिनिधि काठमाडौं आएका छन्। 

फोहोरमैलाको दीर्घकालिन समाधान होस् भन्ने मुख्य मागसहित विभिन्न वडाका अध्यक्ष, वडासदस्यलगायतका जनप्रतिनिधिहरु काठमाडौं आएका हुन्। उनीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई ज्ञापनपत्र बुझाउनुका साथै माइतीघरमा विरोध प्रदर्शन समेत गरेका छ। 
  

‘विगत ४ वर्षदेखि जनकपुरको फोहोर व्यवस्थापनका लागि केही ठोस निर्णय लिनुपर्यो भनेर हामीले बारम्बार मेयरसाबलाई अनुरोध गर्दा पनि कुनै सुनुवाई भएन,’ वडानम्बर ४ का अध्यक्ष सुदर्शन सिंहले भने, ‘उपमहानगरपालिकाले सरसफाईमा देशकै सबैभन्दा बढी इन्धन खर्च गर्छ तर सबैभन्दा फोहोर शहरजस्तै जनकपुर देखिन थालेको छ। त्यत्रो इन्धन खर्च गर्दा पनि त्यो इन्धनको सही सदुपयोग हुन नसकेको हो कि? भन्ने शंका हामीलाई लागेको छ।’

यो पनिः  वडाध्यक्षहरूले ट्याक्टरमा लगेर मेयरको घरअगाडि फोहोर फाले!

सिंहले मेयरले महिनावारी रुपमा होटेल, हस्पिटलसँग रसिद नकाटीकन पैसा खल्तीमा हाल्ने गरेको, ट्रयाक्टर, बुमर नै नचलाई अडिटमा फोहोरमा कराडौं खर्च भएको देखाउने गरेको दाबी गरे। 

‘जनकपुरमा बसेर ३–४ वर्ष विरोध गरे पनि केही सुनुवाई नभएपछि आज हामी केन्द्र सरकारले सुन्छ कि भनेर यहाँ आएका हौं,’ उनले भने, ‘कम्तीमा केन्द्र सरकारले दिएको बजेटको हिसाबकिताब मेयरसाबलाई माग्दियो भने भ्रष्टाचारकाे पर्दाफास हुनेछ।’ 

जनकपुरको फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइडको व्यवस्था हुनुपर्नेमा विभिन्न दातृ निकायबाट ल्याण्डफिल्ड साइडका लागि आएको बजेटको कार्यान्वयनमा पनि मेयरले चासो नदेखाउँदा फ्रिज भएर गएको उनले बताए। 

भिडिओ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .