समाज


पेरिस सम्झौताबाट अमेरिका हट्ने भएपछि फ्रान्स र चीनबीच नयाँ सम्झौता हुने

पेरिस सम्झौताबाट अमेरिका हट्ने भएपछि फ्रान्स र चीनबीच नयाँ सम्झौता हुने

नेपालखबर
कात्तिक १९, २०७६ मंगलबार ९:७,

फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याँक्रोले अमेरिकाको सो निर्णयले आफूलाई दुःख लागेको कुरा मङ्गलबार चीनमा बताएका हुन्।

चीनको औपचारिक भ्रमणका क्रममा रहेका म्याँक्रोले अमेरिकाको यो निर्णयपछि जलवायू परिवर्तनका क्षेत्रमा अब चीन र फ्रान्सको विशेष साझेदारिता आवश्यक रहेको धारणा पनि राखे।

राष्ट्रपति म्याँक्रोले भने,‘अमेरिकाको यो निर्णयले हामीलाई निकै दुःख लागेको छ र मलाइ लाग्छ अब विश्वमा जलवायू परिवर्तन तथा जैविक विविधताको क्षेत्रमा फ्रान्स र चीनको अलग्गै साझेदारिताको आवश्यकता रहेको छ।’

चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सि चिनफिङबीच जलवायू परिवर्तनका विषयमा फ्रान्सले विशेष सम्झौता गर्ने पनि म्याँक्रोले बताएका छन्।

बुधबार द्विपक्षीय वार्ताका क्रममा जलवायू र जैविक विविधताका क्षेत्रमा सम्झौता हुने एएफपीले जनाएको छ।

यसअघि फ्रान्स तथा उक्त सम्झौतामा हस्ताक्षर गरेका विश्वका नेताहरुले पनि उक्त सम्झौताबाट पछि नहट्न अमेरिकालाई आग्रह गर्दै आएका थिए।

यो पनि।

पेरिस सम्झौताबाट अलग्गिएको औपचारिक पत्र अमेरिकाले राष्ट्रसंघलाई बुझायो

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad