उदयपुरमा जिप दुर्घटना हुँदा प्रदेशसभा सदस्य र मेयर घाइते भएका छन्।
त्रियुगा नगरपालिकाका उपप्रमुख देवीकुमारी चौधरी चढेको सरकारी नम्बर प्लेटको स १ ज ५३१ नम्वरको जीप दुर्घटना हुँदा उपप्रमुख चौधरीसहित प्रदेशसभा सदस्य सञ्जाकुमारी दनुवार गम्भीर घाइते भएका हुन्।
घाइते दुबैलाई बेल्टार अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढामगरले जानकारी दिए।
दुर्घटनामा जीप चालक योगेश चौधरी सामान्य घाइते भएका छन्।
विराटनगरबाट उदयपुरको गाईघाट जाने क्रममा चौदण्डी–७ को लाटीखोलास्थित भुल्के भन्ने ठाउँमा जिप पल्टिएको हो।

प्रतिक्रिया