ad ad

समाज


काठमाडौंबाट वन्यजन्तुको आखेटोपहारसहित दुई जना पक्राउ

काठमाडौंबाट वन्यजन्तुको आखेटोपहारसहित दुई जना पक्राउ

नेपालखबर
कात्तिक १८, २०७६ सोमबार ११:९,

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंबाट संरक्षित बन्यजन्तुको छालासहित दुई जनालाई पक्राउ गरेको छ।

वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले सिनामंगलबाट काभ्रेपलाञ्चोकको धुलीखेल नगरपालिका–९ बस्ने वर्ष २४ को सरोज लम्साल र रामेछापको दोरम्बा गाँउपालिका–५ बस्ने वर्ष २५ को सुरेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट एक छान छाला बरामद भएको छ। पक्राउ परेकालाई आवश्यक कारवाहीको डिभिजन वन कार्यालय हात्तीसार पठाईको छ। उनीहरुमाथि राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बिरुद्दको अपराध अन्तर्गत अनुसन्धान सुरु गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .