समाज


फरक क्षमता भएका व्यक्तिका लागि निःशुल्क मेडिकल क्याम्प

फरक क्षमता भएका व्यक्तिका लागि निःशुल्क मेडिकल क्याम्प

नेपालखबर
मंसिर ६, २०७८ सोमबार २०:४१, काठमाडौँ

गैर सरकारी संस्था टिम नेपोले फरक क्षमता भएकाहरुका लागि निःशुल्क मेडिकल क्याम्पको आयोजना गरेको छ।

कीर्तिपुरको पागामा रहेको नवज्योति प्राथमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको उक्त क्याम्पबाट २९ जना फरक क्षमता भएका व्यक्तिहरुले सेवा लिएका थिए। जसमा अधिकांश आँखाका रोगी र बृद्ध रहेका संस्थाले जनाएको छ।

गैर नाफामूलक संस्था टिम नेपोले गत अगस्ट महिनादेखि फरक क्षमता भएका वृद्ध तथा असहायका लागि निःशुल्क मेडिकल क्याम्पको मार्फत सेवा दिँदै आइरहेको छ।

डा. आभास आचार्य, डा. सुशान्त भण्डारी, डा. रोविन श्रेष्ठ, डा. सञ्जु कार्की, डा. प्रदीप अधिकारी, डा. प्रतिभा ढकाल, डा. अजय राजवंशी, डा.कमल विक्रम पौडेल र डा. महेश अर्याललेसेवा ग्राहीलाई सेवा पुर्याएका थिए। 

टिम नेपोका अध्यक्ष डा.निगम पौडेलले असहाय, जेष्ठ तथा फरक क्षमता भएका व्यक्तिहरुलाई कोभिड र पछिका दिनहरुमा विशेष स्वास्थ्य सहायता पुर्याउन लागि परेको कुरा बताएका थिए भने राष्ट्रिय अपाङ्ग यूवा सञ्जालका अध्यक्ष महेन्द्र थापाले आयोजकलाई धन्यवाद ज्ञापन गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad