भारतमा पद्मश्रीलाई नागरिकलाई दिइने सबैभन्दा ठूलो पुरस्कार मानिन्छ। यो पुरस्कार जो कोहीले पाउन सक्दैनन्।
यो पुरस्कार पाउने मानिस कुनै न कुनै हिसाबले विशिष्ट हुने गर्छन्। यस वर्ष पनि भारतीय राष्ट्रपति रामनाथ कोविन्दले यो पुरस्कार वितरण गरेका छन्।
यस वर्ष पद्मश्री पुरस्कार पाएकामध्ये दुई जनाले सबैभन्दा धेरै चर्चा बटुलेका छन्। उनीहरुले धेरै चर्चा पाउनुको कारण भने उनीहरुको सादा जीवनशैली र असाधारण काम नै हो। यहाँ उनीहरुको बारेमा चर्चा गरिएको छ।
तुलसी गौडा अर्थात् ‘जंगलकी इन्साइक्लोपेडिया’
तुलसी गौडा भारतको कर्नाटक राज्यमा बस्दै आएकी छिन्। ७२ वर्षीया उनलाई मानिसहरुले ‘जंगलकी इन्साइक्लोपेडिया’ भनेर चिन्छन्।
उनले सोमबार रामनाथ कोविन्दबाट पद्मश्री पुरस्कार पाएकी हुन्। उनी पुरस्कार लिन परम्परागत सादा पोसाकमा खाली खुट्टा नै गएकी थिइन्।
तुलसी गौडालाई वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएकोमा कदर गर्दै पद्मश्री पुरस्कार दिइएको हो। उनले पछिल्लो ६ दशकदेखि वातावरण संरक्षणको लागि काम गर्दै आएकी थिइन्। यद्यपि उनले यो काम प्रशंसा पाउन वा कसैको ध्यान आकर्षित गर्नको लागि भने गरेकी थिइनन्।
गौडा कर्नाटकको हालाक्की आदिवासी समुदायकी महिला हुन्। उनी जन्मिएको केही समयमा नै उनका बाबुको मृत्यु भएको थियो। ११ वर्षमै विवाह बन्धनमा बाँधिएकी गौडा केही समयमा विधवा बनिन्। सानो उमेरमा नै धेरै दुःख झेलेकी गौडालाई ठूलो शोक र एक्लोपनाको समस्या पनि थपियो।
त्यसपछि उनले आफ्नो शोक र एक्लोपनाबाट पार पाउन रुखबिरुवाको सहारा लिइन्। उनी विभिन्न रुख लगाउने र त्यसको स्याहार गर्ने कार्यमा जुटिन्।
उनलाई जंगलका धेरै रुखबिरुवा र त्यसको प्रजातिबारे ज्ञान छ। कहिल्यै विद्यालय नगएकी गौडाको रुखबिरुवाबारेको ज्ञानले भने सबै छक्क पर्छन्।
६ दशकको अवधिमा उनले ३० हजारभन्दा धेरै रुख रोपिसकेकी छिन्। वृक्षरोपण गर्ने र बिरुवालाई हुर्काउने उनको कार्य अहिले पनि जारी छ। सोमबार राष्ट्रपति भवनमा पुरस्कार लिन पुगेकी उनलाई प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले पनि सम्मान व्यक्त गरेका थिए।
प्रधानमन्त्री नरेन्द्र मोदी आफैंले पनि सामाजिक सञ्जालमा उनको तस्बिर राखेका थिए।

हरेकाला हजाब्बा : जसले गाउँमा साक्षरताको दियो बाले
सोमबार पद्म पुरस्कार पाउनेमध्येका अर्का असाधारण व्यक्त हरेकाला हजाब्बा हुन्। उनी पनि सोमबार राष्ट्रपति भवनमा खाली खुट्टा पद्म पुरस्कार लिन पुगेका थिए।
हजाब्बा पनि भारतको कर्नाटक राज्यमा बसोबास गर्दै आएका छन्। आफू निरक्षर भए पनि उनले सन् २००० मा आफ्नो एक्लो प्रयासमा बेंग्लोर नजिकै आफ्नो गाउँमा एउटा विद्यालय बनाएका थिए।
उनले गाउँका बालबालिकाको लागि एउटा प्राथमिक र माध्यमिक विद्यालय बनाएका हुन्। उनले बनाएको विद्यालयको नाम कन्नड जिल्ला पञ्चायत हाइ स्कुल हो। मानिसहरुले उनको महान सोच, कडा मिहिनेत र संघर्षको तारिफ गर्ने गरेका छन्।
एक्लो प्रयासमा विद्यालय बनाउनु हजाब्बाको लागि त्यति सहज भने थिएन। उनी आर्थिक हिसाबमा विपन्न नागरिक हुन्। फलफूलको सानोतिनो व्यापारबाट उनले आफ्नो गुजारा गर्दै र केही रकम बचाउँदै आएका थिए।
सोही बचतको पैसाले उनले विद्यालय खोलेका हुन्। सीमित स्रोत र साधनमा उनले गरेर देखाएको काम जो कोहीका लागि उदाहरणीय छ।
सन् २००० सम्म हजाब्बाको गाउँमा कुनै विद्यालय थिएन र उनको दैनिक आम्दानी पनि १५० भारु मात्र थियो। बीबीसीका अनुसार हजाब्बालाई कुनै समय एक विदेशीले अंग्रेजीमा फलफूलको नाम सोधेका थिए।
तर, कहिल्यै विद्यालय नगएका उनले बुझेनन्। त्यसपछि उनलाई गाउँका बालबालिकालाई शिक्षा दिनुपर्छ भन्ने मनमा आयो। त्यसकै प्रेरणाबाट उनले गाउँमा विद्यालय बनाए।
विद्यालय बनाउँदा सुरुमा उनले कतैबाट पनि सहयोग पाएनन्। यद्यपि उनले विद्यालय बनाएर २८ बालबालिकालाई पढाउने काम पनि सुरु गरेका थिए।
विद्यालय सञ्चालन भएपछि भने हजाब्बाले धेरै मानिस र सरकारबाट पनि सहयोग पाउन थाले। भारतीय सञ्चारमाध्यमहरुकाे सहयाेगमा।
Shares

प्रतिक्रिया