विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली १८ औँ पटक छठको कठोर व्रत बसेका छन्।
उनी छठ पूजाका लागि दण्डप्रणाम गर्दै विराटनगरस्थित सिंघिया घाटतर्फ निस्किएका छन्।
छठको निराहार ब्रत बसेका पराजुली १८ औँ पटक दण्डप्रणाम गर्दै घस्रिएर घाटतर्फ लागेका हुन्।
पराजुलीले विराटनगर महानगरपालिका-३ ठूलो मिल चोकस्थित शिव पाञ्चायन मन्दिरबाट बुधबार बिहान साढे ११ बजे सिंघिया घाटतर्फ दण्डप्रणाम यात्रा सुरु गरेका हुन्।
करिब दुई किलोमिटर दूरी छिचोल्न उनलाई करिब चार घण्टा लाग्छ। पराजुलीसँगै भतिजा प्रमीश पनि दण्डप्रणाम गर्दै घाटतर्फ लागेका छन्।
पराजुलीले २८ वर्षदेखि छठको व्रत बस्दै आएका छन्। मेयर बनेपछि उनी चौथो पटक छठ व्रत बसेका हुन्।
उनी नगरवासीको सुख, शान्ति र समृद्धि कामना गर्दै छठको कष्टपूर्ण व्रत बस्दै आएका छन्।
दण्डप्रणाम यात्रापछि उनले बुधबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर घाटमा जाग्राम बसी बिहीबार बिहानको उदाउँदो सूर्यलाई अर्घ्य दिए व्रत सक्नेछन्।




Shares

प्रतिक्रिया