ad ad

समाज


‘हाइप्रोफाइल’ जुवाडेलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिन म्याद थप

‘हाइप्रोफाइल’ जुवाडेलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिन म्याद थप

नेपालखबर
कात्तिक १४, २०७६ बिहिबार ९:१६,

प्रहरीले शनिबार राति महाराजगञ्जको एक घरबाट पक्राउ गरेका हाइप्रोफाइल २५ जुवाडेलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद पाएको छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्जले बिहीबार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएको हो।

प्रहरीले २५ मध्ये बन्दी प्रत्यक्षीकरण रिट निवेदन दिएका १४ जनालाई आजै सर्वोच्चमा समेत उपस्थित गराउदै छ। यसअघि बुधबार सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका सबैलाई म्याद तामेल गरेर एकैसाथ हाजिर गराउन आदेश दिएको थियो। सर्वोच्चमा आइतबार निवेदन दिएका छ जना र सोमबार र बुधबार निवेदन दिएका आठै जनालाई म्याद तामेल गरी सर्वोच्चमा ल्याउन भनिएको थियो।

महाराजगन्जको साम्बाला होटेलपछाडि विक्रम गौतमको घरमा सञ्चालित जुवाको खालमा प्रहरीले शनिबार राति छापा मारी क्यासिनो किङका रुपमा चिनिएका बले भनिने बलराम सापकोटासहित सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामालाई पक्राउ गरेको हो।

जुवाको खालबाट प्रहरीले २ करोड ६७ लाख रुपैयाँ नगदसमेत बरामद गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .