भारतको नयाँ दिल्लीमा नेपाली महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। बुधबार प्रहरीले दिएको जानकारीअनुसार दिल्लीको अमर कोलोनीमा ती महिलाको बलात्कार भएको थियो।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार मंगलबार प्रहरीमा महिलाको चिनजानकै व्यक्तिले बलात्कार गरेको आरोपमा उजुरी परेको थियो।
उजुरीको आधारमा आरोपीमाथि बलात्कार र डरत्रास देखाई आपराधिक गतिविधि गरेको आरोपमा उजुरी दर्ता गरिएको छ।
प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको बताएको छ।
99
Shares
प्रतिक्रिया