समाज


१२ दिनपछि रुबी खानले तोडिन् आमरण अनशन

१२ दिनपछि रुबी खानले तोडिन् आमरण अनशन

नेपालखबर
कात्तिक २, २०७८ मंगलबार १५:३, काठमाडौँ

बाँकेमा हत्या गरिएका दुई महिलाको न्यायका लागि काठमाडौंमा आमरण अनशनरत रुबी खानले १२ दिनमा अनशन तोडेकी छन्। 

निर्मला कुर्मी र नकुन्नी धोबीको हत्यारालाई कारबाहीको माग राख्दै अनशन बसेकी रुबिले सरकारसँग लिखित सहमति भएपछि अनशन तोडेकी हुन्। 

यससँगै माइतीघरमा धर्ना बसिरहेका पीडितहरूले धर्ना स्थगित गरेका छन्।

गृह मन्त्रालयका  प्रवक्ता फणिन्द्रमणि पोखरेल र मानवअधिकारकर्मी मोहना अन्सारीले जुस पिलाएर रुबी खानले अनशन तोडेकी हुन्।

उनका माग सम्बोधन गर्न सरकारले सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा छानबिन समिति बनाएपछि खानले अनशन तोड्न सहमत भएकी हुन्। 

बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि १५ जनाको टोली २० दिन हिँडेर काठमाडौं आएको थियो। काठमाडौं आए लगत्तै प्रहरीले धरपकड गरेपछि रुबीले आमरण अनशन थालेकी थिइन्।

बाँकेमा दुई महिलाहरु नन्कुन्नी धोबी र निर्मला कुर्मीको परिवारकै मिलेमतोमा हत्या गरिएको भएपनि स्थानीय प्रहरी प्रशासनले मुद्दा दर्ता गर्न आलटाल गरेको र दोषीलाई पक्राउ नगरेको भन्दै पीडित परिवारले दोषीलाई कारबाहीको माग गरी असोज १ गतेदेखि नेपालगञ्जबाट पैदल यात्रा गरेको थियो।

पीडित परिवारले दोषीलाई कारबाही गर्न तथा दोषी उपर कारबाही प्रक्रिया अगाडि नबढाउने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएपी मधुसुदन न्यौपानेलाई विभागीय कारबाही गर्न माग गर्दै काठमाडौंस्थित माइतीघर मण्डलामा धर्ना शुरु गरेको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad