सप्तरीमा लोपोन्मुख प्रजातिको अजिंगर फेला परेको छ।
हनुमाननगर कंकालिनी नगरपालिका-१२ कोसी बाँधमा १५ किलोको अजिंगर फेला परेको हो।
प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार स्थानीयवासीले कोसी बाँधमा मंगलबार राति अजिंगर देखेपछि नजिकैको हनुमाननगर इलाका प्रहरी कार्यालयलाई खबर गरेका थिए।
प्रहरीले अजिंगर नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हनुमाननगरमा राखेका छन्।
यसअघि शनिबार तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीमा करिब ७ फिट लामो र १२ किलो तौल भएको अजिङ्गर फेला परेको थियो। रासस
प्रतिक्रिया