समाज


म्यानमारमा सेनाविरुद्ध प्रदर्शन गर्ने पाँच हजार कैदी रिहा हुने

म्यानमारमा सेनाविरुद्ध प्रदर्शन गर्ने पाँच हजार कैदी रिहा हुने

नेपालखबर
कात्तिक १, २०७८ सोमबार १७:३९, काठमाडौँ

म्यानमारमा गत फेब्रुअरीमा सेनाले गरेको ‘कू’ विरुद्ध आन्दोलनमा सहभागी भएका पाँच हजारभन्दा धेरै कैदी रिहा हुने भएका छन्।

म्यानमारको सेनाले सोमबार उनीहरुलाई रिहा गरिन लागेको बताएको हो। बीबीसीकाअनुसार म्यानमारको सेनाका प्रमुख मिन औङ हलिङले पाँच हजार ६३६ कैदीहरुलाई मानवताको नाताले रिहा गरिन लागेको बताएका हुन्। 

यसअघि आइतबार दक्षिण पूर्वी एसियाका मुलुकहरुको संगठन (आसियन)को वार्षिक बैठकमा हलिङलाई नबोलाउने निर्णय भएको थियो । 

उनको सट्टामा गैर राजनीतिक प्रतिनिधि बोलाउन आसियन मुलुक सहमत भएका हुन्। उनीहरुले सेनाका प्रमुखले म्यानमारमा हिंसा रोक्न आवश्यक कदम नचालेको निष्कर्ष निकालेका छन्। 

सेनाले सत्ता आफ्नो हातमा लिएपछि म्यानमारमा भएको प्रदर्शनमा परी कम्तीमा १ हजार १७८ जनाको मृत्यु भएको थियो भने ७ हजार ३५५ जना पक्राउ परेका थिए। अक्टोबरको अन्तिममा बौद्धधर्मालम्बीको बिदाको अवसर पारेर आन्दोलनमा पक्राउ परेकाहरुलाई रिहा गरिने सेनाले बताएको छ। 

सेना प्रमुख हलिङले सैन्य नेतृत्व म्यानमारमा शान्ति तथा प्रजातन्त्रको लागि प्रतिबद्ध रहेको दाबी गरेका छन्। उनले आफ्नो सरकारसँग प्रजातन्त्र पुनर्बहालीको लागि पाँच चरणको योजना रहेको बताएका छन्। म्यानमारको सेनाले गत जुलाईमा दुई हजारभन्दा धेरै प्रदर्शनकारीलाई रिहा गरेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .