ad ad

समाज


पाकेको धान वर्षाले नष्ट, किसान चिन्तित

पाकेको धान वर्षाले नष्ट, किसान चिन्तित

नेपालखबर
कात्तिक १, २०७८ सोमबार ८:४६, काठमाडौँ

खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा वर्षाले क्षति पुगेपछि म्याग्दीका किसान चिन्तित भएका छन्। 

वर्षाको कारण पाकेको धान खेतमै झर्नुका साथै बोट समेत ढल्दा किसानको ठूलो नोक्सानी भएको छ। भित्र्याउने समयमा पानीले क्षति पुर्याएपछि चिन्ता बढेको बेनी नगरपालिका–२ बगरफाँटका किसान भीमबहादुर कार्कीले गुनासो गरे।

‘पाकेको धानको बोट एउटा पनि ठाडो छैन, सबै सोत्तर भएको छ। खेतैभरि पानी भरिएको छ,’ उनले भने, ‘एकदुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिएपछि अब यो वर्ष अनिकाल लाग्ने अवस्था आयो।’

म्याग्दीको ज्यामरुककोट, खवरा, बगरफाँट, पुलाचौर, सीम, बाबियाचौर, अर्मनलगायतका ठाउँमा लगाइएको धानमा व्यापक क्षति पुगेको किसानले बताएका छन्। 

यसैबीच पानी परेसँगै म्याग्दीमा जाडो पनि बढेको छ । उपल्लो क्षेत्रमा हिमपात हुने लक्षण देखिएको रुमका एकवीर घर्तीले बताए।

रातिदेखि भएको अविरल वर्षाका कारण जिल्लाका ग्रामीण सडक हिलाम्यै भएका छन्। लगातार वर्षाको कारण दसैँका लागि घरआएका व्यक्ति कार्यक्षेत्रमा फर्किन समस्या भएको ज्यामरुककोटका सुधन सापकोटाले बताए। 

‘सडकमा भल बगेको छ, बेनी बजारसम्म झर्नै समस्या भयो’, बेनी –१ को अर्जमकी देवी थापाले भनिन्, ‘गाडी चल्न सक्ने अवस्था नै छैन।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .