ad ad

समाज


सुर्खेत र सल्यानमा बस पल्टिँदा दुईजनाको मृत्यु, ४० भन्दा धेरै घाइते

सुर्खेत र सल्यानमा बस पल्टिँदा दुईजनाको मृत्यु, ४० भन्दा धेरै घाइते

नेपालखबर
असोज ३१, २०७८ आइतबार ५:३, काठमाडौँ

सुर्खेत र सल्यानमा शनिबार साँझ बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ४० जना भन्दा धेरै घाइते भएका छन्।

दैलेखको बेस्तडाबाट सुर्खेत जाँदै गरको कर्णाली प्रदेश ००१ ख ०१६६ नम्बरको बस सुर्खेतको लादे ओरालोमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा २० जनाभन्दा धेरै यात्रु घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

दुर्घटनामा दैलेखको नारायण नगरपालिका ११ का युवा सुशील राउत र भगवती गाउँपालिका १ की ३४ वर्षीया शान्ता थापा आचार्यको मृत्यु भएको हो। मृतक शान्ता दुर्घटनामा परेको बसका चालककी श्रीमती हुन्। बस दुर्घटनापछि चालक फरार छन्। उक्त बस गाडी साहुले चलाएका प्रहरीले जनाएको छ।

घाइतेलाई उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

त्यसैगरी सल्यानको छत्रेस्वरी नगरपालिकामा ना ४ ख ७१८९ नम्बरको मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।

शारदा नगरपालिका १ श्रीनगरबाट छत्रेस्वरी गाउँपालिकाको लैसे जाँदै गरेको बस छत्रेस्वरी गाउँपालिका ३ नारेमा शनिबार साँझ दुर्घटनामा परेको हो। अप्ठ्यारो बाटोमा सहचालकले चलाउँदा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 

घाइते सबैको कर्णाली अस्पताल श्रीनगर सल्यानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए। 

दुर्घटनामा घाइते हुनेमा आठजना बालबालिका पनि छन्। दुर्घटनापछि बसका चालक र सहचालक फरार भएका प्रहरीले जनाएको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .