ad ad

समाज


जिप दुर्घटनामा दुईको मृत्यु, आठ जना घाइते

जिप दुर्घटनामा दुईको मृत्यु, आठ जना घाइते

नेपालखबर
असोज ३०, २०७८ शनिबार २१:२, काठमाडौँ

हेटौंडा– कुलेखानी– काठमाडौँ सडक खण्ड अन्तरगत इन्द्रसरोबर गाउँपालिका वडा न २ लामिबगरमा सुमो जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।

शनिबार दिउँसो करिब ३ः३० बजे काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको ना १ ज ४५११ न. को सुमो अनियन्त्रित भई दुर्घटना  भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

सो दुर्घटनामा चालकसहित १० जना घाइतेलाई प्रहरीले उद्धार गरी चार जना हेटौंडा अस्पतालमा, चार जना काठमाडौँ सानेपाको स्टार हस्पिटलमा र दुई जना पाटन अस्पतालमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ। 

घाइतेमध्ये पाटन अस्पतालमा उपचारको क्रममा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। मृतकहरुको अहिलेसम्म सनाखत भइसकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .