ad ad

समाज


थप १४७ जनामा कोरोना, १ जनाको मृत्यु

थप १४७ जनामा कोरोना, १ जनाको मृत्यु

नेपालखबर
असोज ३०, २०७८ शनिबार १८:२१, काठमाडौँ

पछिल्लो २४ घण्टामा एक हजार ४४६ जनाको पीसीआर गर्दा १३६ र ३२७ को एन्टिजेन परीक्षण गर्दा ११ जना गरी १४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उक्त १४७ सँगै नेपालमा कोरोना संक्रमितको कुल सङ्ख्या ८ लाख ४ हजार ६५२ पुगेको छ।

त्यस्तै १० वर्ष मुनिका ३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९ जनामा कोरोना संक्रमण देखिएको छ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या ११ हजार २७८ पुगेको छ। पछिल्लो २४ घण्टामा ८४५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् भने हालसम्म ७ लाख ८० हजार ७७६ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा देशभर सक्रिय संक्रमितको सङ्ख्या १२ हजार ५९८ छ। त्यसमध्ये ११ हजार ५४४ जना होम आइसोलेसनमा रहेका र १ हजार ५४ जना संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ। कोरोनाका बिरामीमध्ये ३०७ जना आईसीयू र ९७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .