समाज


साँघा-फुलचोकी शंखधर साख्वा ट्रेकिङ रुट घोषणा

साँघा-फुलचोकी शंखधर साख्वा ट्रेकिङ रुट घोषणा

नेपालखबर
कात्तिक १२, २०७६ मंगलबार १०:३१,

सरकारले भक्तपुरको साँघादेखि काठमाडौंको फुलचोकीसम्मको ट्रेकिङ रुटको नामाकरण राष्ट्रिय विभूति शंखधर साख्वाको नामबाट राख्ने घोषणा गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले मंगलबार राष्ट्रिय विभूति शंखधर साख्वाःको सम्मानमा उनको नामबाटै सो रुटको नामाकरण गर्ने घोषणा गरेका हुन्।

नेपाल संवत ११४० को अवसर पारेर मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै भट्टराईले मध्यपुर ठिमी नगरपालिका भित्र ‘राष्ट्रिय विभूति शंखधर साख्वा स्मृति पार्क’ निर्माणका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गरे।

मध्यपुर ठिमी नगरपालिकाले राष्ट्रिय विभूति शंखधर साख्वाः स्मृति पार्क बनाउने तयारी गरेको छ। त्यसमा सरकारले पनि आवश्यक सहयोग उपलब्ध गराउने मन्त्री भट्टराईको भनाई थियो।

मन्त्री भट्टराईले किसानहरुको ऋण मोचन गरेर सुरु भएको नेपाल संवत नेपाली जनताको संवत भएको उल्लेख गर्दै आगामी वर्षबाट सो संवत मनाउन नेपाल सरकार आफैं आयोजक बन्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad